free website hit counter

सानिमा जनरलको ३० लाख कित्ता आइपीओ आजदेखि निष्काशन

beemaadmin
२०७७ आश्विन २१, बुधबार

काठमाडौं । स्थापनाको छोटो समयमै बीमा बजारमा आफ्नो अस्तित्व छाड्न सफल सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आज असोज २१ गते देखि प्रति कित्ता एक सयको दरले ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन विक्री खुला गरेको छ । कम्पनीले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।

उक्त ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। अब सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

Advertisement
Advertisement

आईपीओ आज असोज २१ गते देखि असोज २५ गते सम्म विक्री खुला हुनेछ । यदि असोज २५ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा कार्तिक ६ गते सम्म समय थपिने छ । तर विगतको माहोल हेर्दा असोज २५ गते नै आईपीओ बन्द हुने छ । उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम १००० कित्ता सम्म आवेदन दिन सकिनेछ ।

Advertisement
Advertisement

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार