free website hit counter

सानिमा जिआईसीको आठौँ वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०८३ जेष्ठ ७, बिहीबार

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ वार्षिक साधारणसभा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरिएको ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ। हाल कायम २ अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजीका आधारमा कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत भएको हो।

Advertisement
Advertisement

त्यसैगरी, सभाले सातौँ वार्षिक साधारणसभाबाट पारित १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पुनरावलोकन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ। अब बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीका आधारमा हकप्रद शेयर सम्बन्धी विवरण पुनरावलोकन गर्न सक्ने अधिकार सञ्चालक समितिलाई दिइएको छ।

Advertisement
Advertisement

यससँगै प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट आवश्यक संशोधन वा फेरबदल गर्न निर्देशन आएमा सोहीअनुसार परिवर्तन गर्न तथा आवश्यक अन्य प्रक्रिया पूरा गर्न पनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ।

सम्बन्धित समाचार