free website hit counter

सानिमा जिआईसीको नाफा बढ्यो

beemaadmin
२०८० श्रावण ३१, बुधबार

काठमाडौं । दुई बीमा कम्पनी मर्ज भएर बनेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ९३।३६ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीको बीमा शुल्क आर्जन १२६.४७ प्रतिशत बढेर ६२ करोड ८८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत वर्ष २८ करोड ६२ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब रुपैयाँ, जगेडा कोष ११७.५९ प्रतिशत बढेर ३२ करोड ९४ लाख रुपैयाँ र बीमा कोष १५९.६० प्रतिशत बढेर ४२ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.६५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.३९ गुणा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार