free website hit counter

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ चैत्र २, सोमबार

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको फागुन २९ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०।२६ प्रतिशतका दरले ५६ लाख ५७ हजार रुपैयाँ नगल गरी कुल ५.२६ प्रतिशत अर्थात् ११ करोड ३१ लाख ५७ हजार रुपैयाँ लाभांश प्रस्ताव गरिएको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव सुबोध लाल श्रेष्ठले बताए ।

सम्बन्धित समाचार