free website hit counter

सानिमा बैंकको सीईओमा आचार्य

beemaadmin
२०८२ कार्तिक २५, मंगलवार

काठमाडौं । वित्तीय क्षेत्रको लामो नुभव संगालेका पवनकुमार आचार्य सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव रुद्रप्रसाद बन्जराका अनुसार बैंकका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ । नवनियुक्त सीईओ आचार्यले आगामी माघ १२ गतेदेखि कार्यभार सम्हाल्ने उनले बताए । बैंक सञ्चालक समितिले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको उनले बताए । एमबिए तथा बिइ गरेका आचार्य सन् २००४ मार्चदेखि सानिमा बैकमा आबद्ध छन् । उनले बैंकको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । ललितपुर महानगरपालिका(१५ मानभवनका बासिन्दा आचार्यसँग बिभोर इनभेस्टमेन्ट र नेपाल वायर्न इलेक्ट्रिकमा समेत काम गरेको अनुभव छ । उनले सन् १९९७ मार्चदेखि २००१ जुलाईसम्म नेपाल बायर्न इलेक्ट्रिकमा प्रोडक्सन इन्जिनियरको रुपमा काम गरेका थिए । साथै, उनीसँग सन् २००३ अगष्टदेखि २००८ मेसम्म काठमाण्डौं कलेज अफ म्यानेजमेन्ट र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा भिजिटिङ फ्याकेल्टीको रुपमा कार्य अनुभव छ ।

सम्बन्धित समाचार