free website hit counter

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न

beemaadmin
२०८१ मंसिर ५, बुधबार

काठमाडौं । सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा मंगलबार सम्पन्न भएको हो । सो सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। आर्थिक बर्ष २०८०–८१ मा २.४० अर्ब रूपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब रूपैयाँ, कुल निक्षेप १९९.३८ अर्ब रूपैयाँ तथा खुद कर्जा सापटी १६४।९४ अर्ब रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९–८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार