free website hit counter

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरु सिंगापुर प्रस्थान

beemaadmin
२०८० भाद्र १२, मंगलवार

काठमाडौँ । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सबाट आव २०७९–८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर एमडिआरटी हासिल गर्न सफल छ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् । सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण एमडिआरटी हासिल गर्न सफल अभिकर्ताहरुलाई भव्यताका साथ बिदाई समेत गरेको छ । एम डि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी संजाल हो जसमा भाग लिनको लागि जनवरी देखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने हुन्छ । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने व्यवस्था रहेको हुन्छ । सन् २०२२ का लागि नेपाललबाट एमडिआरटीमा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने लक्ष्य रहेको थियो । सिओटीका लागि भने एक करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि दुई करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि सम्मेलन महत्त्वपूर्ण मानिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार