free website hit counter

सानिमा रिलायन्स लाइफको तीज विशेष कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ भाद्र १०, मंगलवार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शाखाका चिफ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर तथा एजेन्सी म्यानेजरलाई विभिन्न विधामा सम्मान गरिनुका साथै रमाइलो तीज उत्सव पनि मनाइएको थियो ।आर्थिक वर्ष २०८१–०८२ मा उत्कृष्ट उपलब्धि हासिल गर्ने अभिकर्ताहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । श्रावण महिनामा घोषणा गरिएको स्किमका विजेताहरूलाई समेत सम्मान गरिएको शाखाले जनाएको छ । समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख विनोद प्रसाद त्रिपाठीले बीमा क्षेत्रमा उज्ज्वल करियर बनाउन सकिने उल्लेख गर्दै बीमाले जीवनमा आर्थिक सुरक्षा र भविष्यप्रति आत्मविश्वास जगाउने बताए । त्यस्तै बागलुङ शाखा प्रमुख प्रेम प्रसाद ढकालले बागलुङ शाखाको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा अझ उत्कृष्ट परिणाम हासिल गर्ने विश्वास व्यक्त गरे । करिब ४० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा सांगीतिक प्रस्तुति, दर खाने र तीज विशेष रमाइलो कार्यक्रमले माहोल उत्साहपूर्ण बनेको थियो ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार