free website hit counter

सानिमा रिलायन्स लाइफको बीमाशुल्क आर्जन तीन अर्ब भन्दा बढी

beemaadmin
२०८१ माघ २८, सोमबार

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफामा सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १८.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ अर्ब ६२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफामा समेत सामान्य सुधार आएको छ । कम्पनीको खुद नाफा ५.४४ प्रतिशतले बढ्दै २३ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ३ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको कुल खर्च ३ अर्ब १८ करोडबाट बढेर ३ अर्ब ८८ करोड पुगेको छ । यस्तै कम्पनीको महाविपत्ती कोषको आकार १३ करोड ४३ लाख र रिटेन्ड अर्निङको ५० करोड ८४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ९.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४७९.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.४७ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार