free website hit counter

सानिमा रिलायन्स लाइफद्वारा २६ लाख दाबी भुक्तानी

beemaadmin
२०८० चैत्र २५, आईतवार

काठमाडौं । आफ्नो कम्पनीका बीमितको दुर्घटनामा ज्यान गएपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जोरपाटी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका बीमित मुकुन्द प्रसाद तिमल्सिनाको दुर्घटनाबाट असामाहिक निधन भएको थियो । कम्पनीले सोही अनुरुप धर्म पत्नी कल्पना तिमल्सिनालाई २६ लाख ८५ हजारको चेक हस्तान्तरण गरेको हो । बुधवार चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले उक्त रकम बराबर चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा वरिस्ठ एजेन्सी म्यानेजर, शाखाको कर्मचारी तथा केन्द्रका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा जोरपाटी शाखा प्रमुख लक्ष्मण पराजुलीले बीमाको महत्वको साथसाथै बीमाले व्यक्तिका साथै परिवारका लागि समेत गाह्रो समयमा सहारा पुग्ने बताए ।

सम्बन्धित समाचार