free website hit counter

सानिमा रिलायन्स लाइफबाट एमडिआरटीका लागि छ जना छानिए

beemaadmin
२०८० भाद्र १०, आईतवार

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी सम्मेलनमा भाग सानिमा रिलायन्स लाइफका आधा दर्जन उत्कृष्ट बीमा अभिकर्ताहरुलाई विदाई गरिएको छ । आगामी आइतबारदेखि सिंगापुरमा सुरु हुने सो कार्यक्रममा नमिता न्यौपाने, पोखराका श्याम गुरुङ, चितवनकी भावना तिम्सिना, पोखरामा व्यवसाय गर्दै आएकी हिमालदेवी गुरुङ, काठमाडौंबाट व्यवसाय गर्ने सिता भट्टराई, र कल्पना विष्ट रहेका छन् । कम्पनीका सिईओ शिवनाथ पाण्डेले एमआडिआरटी सम्मेलनमा सिंगापुरमा भाग लिन जाने छ जना बीमा अभिकर्तालाई सफलताको शुभकामना सहित विदाई गरेका छन् । कम्पनीमा उत्कृष्ट व्यवसाय गरी जीवन बीमाको बजारिकरण अझै गुणस्तरीय बनाउन र व्यक्तित्व विकास र क्षमता अभिबृद्धिका लागि उनीहरु एमडिआरटीमा भाग लिन जान लागेका हुन् । सिंगापुरमा आयोजना हुने एमडिआरटी सम्मेलनमा भाग लिन उनीहरु गत वर्ष सन् २०२२ मा तोकिएको लक्ष्य पूरा गरी एमडिआरटीका लागि छनौट भएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार