free website hit counter

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

beemaadmin
२०८३ असार ८, सोमबार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

Advertisement
Advertisement

कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६ मा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। समारोहमा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।

Advertisement
TEST

जीवन बीमा क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, नवीन सेवा प्रवाह तथा ग्राहकप्रतिको समर्पित प्रतिबद्धताको कदरस्वरूप सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा अवार्ड तथा ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो।

सानिमा रिलायन्स लाइफले पछिल्लो समय डिजिटल सेवा विस्तार, दाबी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ।

हाल कम्पनीले देशभर १६८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, कम्पनीमा १७ हजारभन्दा बढी अभिकर्ता आबद्ध रहेका छन्।

कम्पनीले प्राप्त गरेको यो अवार्डले आगामी दिनमा ग्राहक, लगानीकर्ता तथा सरोकारवालाप्रति अझ जिम्मेवार बन्दै थप गुणस्तरीय, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार