free website hit counter

सानिमा रिलायन्स लाईफले मनायो प्रथम वार्षिकोत्सव

beemaadmin
२०८० चैत्र १०, शनिबार

काठमाडौं । बीमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्णयलाई शिरोपर गरी सानिमा लाइफ र रिलायन्स लाइफ मिलेर बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मनायो प्रथम वार्षिकोत्सव मनाएको छ । सानिमा रिलायन्सको चुक्ता पुँजी ४.१८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२.६९ अर्ब रहेको छ । संचालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतका सहभागितामा वार्षिकोत्सव मनाइएको हो । विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर–भद्रकाली–जमल हुदै पुनः कमलादीमा पुगेर टुंगिएको थियो । साथै, मानव जीवनको रक्षा गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीहरुले रक्तदान गरेका छन् । शान्तिनगरस्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरि मनाएको छ । देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।

सम्बन्धित समाचार