free website hit counter

सानिमा लाइफको बीमा शुल्क ४१ करोड संकलन

beemaadmin
२०७६ माघ २६, आईतवार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४० करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोड ८९ लाख रुपैयाँ अर्थात १४१.८६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १६ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्स कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट २ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको खुद बीमाशुल्कमा सुधार भएपनि खुद नाफा भने घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस त्रैमासमा कम्पनीको खुद नाफा ८ लाख ९५ हजार रुपैयाँले घटेको छ। गत आर्थिक वर्षको यस अवधिमा ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस अवधिमा ४ करोड ८० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ।

Advertisement
Advertisement

यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार भने ३६८.०९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ३३ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको ५२ करोड ७५ लाख ५३ हजार रुपैयाँले बढेर ६७ करोड ८ लाख ७२ हजार रुपैयाँ पुगेको हो।

Advertisement
Advertisement

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ९५ लाख, महाविपत्ति जगेडा कोषमा १ करोड १० लाख रुपैयाँ संचित रहेको छ। यस अवधिसम्ममा इन्स्योरेन्सले २३ हजार २७१ वटा बीमालेख जारी गरी हाल सम्म ९३ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। यस्तै यस अवधिमा ७ वटा दाबी भुक्तानी बापत १० लाख ५७ हजार खर्च गरेको छ।

सम्बन्धित समाचार