कामठाडौं । आथिर्क वर्ष २०७५–७६ को लागि सानिमा लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट फागुन ५ गते स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३५ रुपैयाँ देखि ६५ रुपैयाँ सम्म पाउनेछन् । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३५ रुपैयाँ देखि ४५ रुपैयाँसम्म, त्रिपल इन्डोमेन्ट लाइफ इन्स्योरेन्स र ज्वाइन्ट लाइफ इन्डोमेन्ट प्यानमा न्युनतम २० रुपैयाँ देखि ३० रुपैयाँसम्म बोनदर सार्वजनिक गरेको छ ।
उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूणर् वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।