free website hit counter

सानिमा लाइफले दियो १५ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ असार २१, सोमबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको मृत्युपछि बीमितका परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कम्पनीका एमडिआरटि मृतक विनोद परियारकी श्रीमती भूमि परियारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । उनको कोरोनाको कारणले उपचारकै क्रममा निधन भएको थियो । निजले यस कम्पनीमा १५ लाख बीमाङकको जीवन बीमा गराएका थिए । मृत्यु पश्चात १५ लाख बीमाङक र ६७ हजार पाँच सय रुपैयाँ बोनस सहित जम्मा १५ लाख ६७ हजार पाँच सय रुपैयाँ दाबी भुक्तानी दिएको कम्पनीले जनाएको छ । मृतकको श्रीमती भुमी परियारलाई सानिमा लाइफ इन्स्योरेन्सका शाखा प्रमुख मेगराज बिकले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार