free website hit counter

सानिमा लाइफले बोलायो दोस्रो साधारण सभा

beemaadmin
२०७६ कार्तिक ९, शनिबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । नियामक निकाय बीमा समितिले चुक्ता पुँजीको मापदण्ड तोकेपछि चुक्ता पुँजी पु¥याउन आईपीओ जारी गर्न लागेको हो ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको कात्तिक ३ गते बसेको सञ्चालक समितिको २३औँ बैठकले उक्त साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा मङ्सिर ६ गते हुने भएको छ । साधारण सभा होटेल एल्लो प्यागोडा, कान्तिपथमा ११ः०० बजेदेखि हुने कम्पनीले जनाएको छ ।
कम्पनीले साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव गर्ने छ । कम्पनीले ६० करोड बराबरको आईपीओ जारी गर्दैछ । चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको आईपीओ निष्कासन पश्चात बीमा समितिले तोकेको पूँजी अर्थात २ अर्ब रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार