free website hit counter

सामाजिक काममा एभरेष्ट बैंक

beemaadmin
२०७७ मंसिर १८, बिहीबार

काठमाडौं । सामाजिक उत्तरदायित्वका कार्यहरुमा अग्रणी स्थानमा रहेको एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ । यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कने छ ।

जसले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटायी प्रदुषण नियन्त्रण गर्न मद्दत गर्नेछ ।

सो शवदाह गृहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको उपस्थितीमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीद्वारा पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई हस्तान्तरण भयो ।

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिहरूअन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार