free website hit counter

सामुदायिक लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०७९ फाल्गुन १०, बुधबार

काठमाडौंं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ११।०५२६३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। फागुन ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार