free website hit counter

सार्क मुलुकमा भारत नै सबैभन्दा बढी संक्रमणमा

beemaadmin
२०७६ चैत्र २३, आईतवार

काठमाडौं । विश्वका ठूला र शक्तिशाली मुलुकहरु समेत कोरोना भाइरसका अगाडि नतमस्तक भइरहेको बेला दक्षिण एसिया पनि त्यसको शिकार भएको छ ।  विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोनाको संक्रमण भएको छ ।

भौगोलिक हिसाबले सार्कको सबैभन्दा ठूलो राष्ट्र भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, यहाँ हालसम्म ९९ जना मानिसको ज्यान गइसकेको छ । यहाँका ३ हजार ५ सय ८८ मानिसमा कोरोनाको लक्षण देखिएको छ ।
भारतपछि कोरोनाको दोस्रो प्रभावित मुलुक बनेको छ, पाकिस्तान । यहाँका २ हजार ८ सय १८ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा ४१ मानिसको ज्यान गएको छ ।

संक्रमण र मृत्युदर बढ्दै गएपछि पाकिस्तानले सतर्कताका विभिन्न उपायहरू बढाएको छ । कोरोनाले बंगलादेशमा ८, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार