free website hit counter

सार्क मुलुकमा भारत नै सबैभन्दा बढी संक्रमणमा

beemaadmin
२०७६ चैत्र २३, आईतवार

काठमाडौं । विश्वका ठूला र शक्तिशाली मुलुकहरु समेत कोरोना भाइरसका अगाडि नतमस्तक भइरहेको बेला दक्षिण एसिया पनि त्यसको शिकार भएको छ ।  विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोनाको संक्रमण भएको छ ।

भौगोलिक हिसाबले सार्कको सबैभन्दा ठूलो राष्ट्र भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, यहाँ हालसम्म ९९ जना मानिसको ज्यान गइसकेको छ । यहाँका ३ हजार ५ सय ८८ मानिसमा कोरोनाको लक्षण देखिएको छ ।
भारतपछि कोरोनाको दोस्रो प्रभावित मुलुक बनेको छ, पाकिस्तान । यहाँका २ हजार ८ सय १८ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा ४१ मानिसको ज्यान गएको छ ।

संक्रमण र मृत्युदर बढ्दै गएपछि पाकिस्तानले सतर्कताका विभिन्न उपायहरू बढाएको छ । कोरोनाले बंगलादेशमा ८, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

सम्बन्धित समाचार