free website hit counter

सार्वजनिक बिदामा पनि बैंकिङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

beemaadmin
२०८२ फाल्गुन १८, सोमबार

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनसमेत बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले जारी गरेको निर्देशनअनुसार होली पर्व तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन, अर्थात् फागुन २१ गते बिहीबार, बैंक तथा वित्तीय संस्थाका कार्यालयहरू खुला राख्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

Advertisement
Advertisement

सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी सेवा र राजस्व संकलनको काम नियमित रूपमा सञ्चालन गर्ने सुनिश्चित गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

Advertisement
Advertisement

त्यस्तै, निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक वा अन्य विनिमय माध्यमबाट हुने रकम दाखिला तथा भुक्तानी सेवा सहज रूपमा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरूलाई भनिएको छ।

सम्बन्धित समाचार