काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोर्डले सिंगटी हाइड्रो इनर्जी र हिमालयन उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ। सिंगटी हाईड्रो इनर्जीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्न बोर्डबाट अनुमतिछ पाएको हो । हकप्रद शेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रूपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै हिमालयन उर्जा विकास कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ । शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।