free website hit counter

सिंगटी हाइड्रोको नाफामा छलाङ

beemaadmin
२०८१ कार्तिक २६, सोमबार

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको विद्युत बिक्री आम्दानी थोरै घटेपनि खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.२८ प्रतिशत घटेर २६ करोड ३५ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ०.०५ प्रतिशत घटेको छ भने कुल आम्दानी ०.८१ प्रतिशत बढेको छ। अन्य आम्दानी बढेका कारण कम्पनीको कुल आम्दानी बढ्न पुगेको हो। नाफा उल्लेख्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी ९५ पैसा मात्र बढेको छ। हकप्रद शेयर निष्काशन गरी चुक्ता पूँजी शतप्रतिशत बढेका कारण कम्पनीको प्रतिशेयर आम्दानीमा दबाब पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.५४ गुणा रहेको छ। २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ६ करोड ४० लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार