free website hit counter

सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

beemaadmin
२०८२ मंसिर ९, मंगलवार

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। सो बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो। हकप्रदबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने निर्णय पनि सो बैठकले गरेको छ। सो प्रस्ताव आगामी वार्षिक साधारण सभामा पनि पेश गरिनेछ।

सम्बन्धित समाचार