free website hit counter

सिजी सिमेन्टमा बाणिज्य बैंकहरुको लगानी

beemaadmin
२०७७ श्रावण १, बिहीबार

काठमाडौं । थुप्रै बाणिज्य बैंकहरुले सि.जी. सिमेन्टमा लगानी गरेका छन् । सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा लगानी गरेका हुन् । ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, र नेपाल एसबिआई बैंक समेतको सहभागितामा सि.जी. सिमेन्ट इन्डष्ट्रिज पाल्पाको क्लिङकराइजेसन प्लान्सको क्षमता १९५० टिपीडीबाट २९५० टिपीडीमा विस्तार गर्न आवश्यक थप कर्जा सम्झौता भइसकेको छ । सहभागी बैंकहरुबीच रु.२ अर्ब ३७ करोड ८० लाख गरी कुल रु। ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न मिति २०७४ पौष ७ मा भएको सहवित्तीयकरण सम्झौतामा मिति २०७७ आषाढ ३० गते पुरक सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो । उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृतसरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार