काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरामा छूट पाउने भएका छन् । बैंकका ग्राहक महानूभावहरुलाई होटेलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहकहरुले हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा बाट प्राप्त गर्ने सेवामा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।