free website hit counter

सिटिजन्सले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने

beemaadmin
२०७७ कार्तिक २, आईतवार

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता गरेको छ । यस विषयमा दुई बैंकबीच प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कार्तिक १ गते तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब १५ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव ९८ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १६४ हुनेछ । हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ । मर्जपछि सिटिजन्स बैंकको पुँजी करिव १० अर्ब ८० करोड रुपैयाँ हुनेछ । प्रत्येक प्रदेशबाट एक एक वटा बलियो विकास बैंक प्राप्ति गर्ने रणनीति अनुसार नै लुम्बिनी प्रदेशको बलियो बैंक प्राप्ति गर्ने प्रक्रियामा बैंक अगाडि बढेको एक सञ्चालकले बताए । ‘यसअघि दुई नम्बर प्रदेशबाट सहयोगि विकास बैंक प्राप्ति गरेको थियो । अहिले तिनाउँ मिसन डेभलपमेन्ट बैंक प्राप्ति गर्दैछ’ उनले भने ।
प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

चैतका लागि बैंकको ब्याजदरमा घटबढ

beemaadmin
२०८१ फाल्गुन २९, बिहीबार

सानिमा जिआईसीले बोलायो सभा

beemaadmin
२०८१ फाल्गुन २८, बुधबार