free website hit counter

सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्यूरिटिज सञ्चालनमा

beemaadmin
२०८० मंसिर २५, सोमबार

काठमाडौँ । सीबीआईबीएल सेक्यूरिटिजले आजदेखि सेवा सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकको सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले उद्घाटन गरेसँगै सीबीआईबीएसल सेक्यूरिटिजले आजदेखि सेवा सुरु गरेको हो । बैंक वा वित्तीय संस्थाले आफ्नो शत प्रतिशत स्वामित्व भएको सहायक कम्पनीमार्पत धितोपत्र दलालको रूपमा कार्य गर्न सक्ने व्यवस्था अनुरूप सीआईबीएल सेक्यूरिटिज स्थापना भएको थियो । सीआईबीएल सेक्यूरिटिज कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७६ जेठ २८ दर्ता भएको थियो । यस्तै, धितोपत्र वोर्डबाट मिति २०८० श्रावण ३२ गते र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट मिति २०८० असोज २९ मा धितोपत्र दलाल नं।९१ सदस्यता प्राप्त भएको थियो । कार्यक्रममा अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सीबीआईएल सेक्यूरिटिजले आफ्नो छुट्टै पहिचान बनाउने अपेक्षा व्यक्त गरे । साथै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरूमा अरु विभिन्न किसिमका सेवा सुविधाहरू ग्राहकहरू माझ ल्याउने बताए । कम्पनीको प्रधान कार्यालय ललितपुरको कुपन्डोलमा रहेको छ । यस कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीकृत केवाईसी खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्था गरिएको बताइएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार