free website hit counter

सिटिजन्स बैंकले थप्यो ४ नयाँ शाखा

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौं । शाखा विस्तार गर्ने क्रममा रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप चार शाखा शाखा विस्तार गरेको छ । बैंकले मोरङको कन्चनबारी, कास्कीको हस्पिटल चोक, पोखरा र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु संचालनमा ल्याएको छ ।

उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली जन माझमा आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखाहरु विस्तार गरेको हो ।

नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए।टी।एम।सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार