free website hit counter

सिटिजन्स बैंकले पायो २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड

beemaadmin
२०८१ मंसिर २०, बिहीबार

काठमाडौं । सिटिजन्स बैंकले सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकले प्राप्त गरेको हो । सिटिजन्सले पहिलो पटक बैंक अफ द इयर पाएको हो । बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० गणेशराज पोखरेलले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् ।

बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर कर्पोरेट बैंकिङ्ग अभ्यास र उर्जा तथा पुर्वाधार क्षेत्रमा लगानी गर्दै आएको छ । अवार्ड वितरण समारोहमा डेढ सय देशका बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता थियो । अध्यक्ष पाण्डेले वर्तमान आर्थतन्त्रको यस्तो स्थितिमा अवार्ड प्राप्त भएको र यस सम्मानले हौसला प्रदान गरेको बताए । साथै बैंकका सेवालाई गुणस्तरीय बनाउने र उचित प्रतिफल प्रदान गर्न सहयोग पुग्ने उनले बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार