free website hit counter

सिटिजन्स बैंकले पारित गर्यो सहयोगी विकास बैंक प्राप्तिको निर्णय

beemaadmin
२०७७ जेष्ठ २८, बुधबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्तिका लागि गरेको विशेष प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा बसेको बैंकको पाँचौं विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्ने भएको छ । विशेष साधारण सभाले सहयोगी विकास बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन गरेको छ ।

२०७७ जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रु। ८७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी रु। ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ । त्यसैगरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैंक लिमिटेडले १४ वटा शाखाहरूबाट बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको थियो । यी पाँच जिल्लामा हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्तिसँगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसै बीच, जनकपुरमा केन्द्रिय कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडको पनि मिति २०७७ ज्येष्ठ २४ गते, शनिबारका दिन सम्पन्न विशेष साधारण सभाले समेत सहयोगी विकास बैंक लिमिटेडलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै बैंकको विशेष\वार्षिकसाधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडलाई सहयोगी विकास बैंक लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

Advertisement
Advertisement

यसै आर्थिक वर्ष भित्रमा सहयोगी विकास बैंकलिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिए । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव रु ६ लाख गरि हालसम्म कुल रु ५५ लाखको सहयोग गरेको छ । विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस बैंकले सावधानी पूर्वक ग्राहकहरुको वित्तीय आवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हर सम्भव प्रयाश गरिरहेको छ । नविनतम प्रविधिको अधिकतम प्रयोगगर्दै बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार