free website hit counter

सिटिजन लाइफको नाफा बढ्यो, बीमाशुल्कमा छलाङ

beemaadmin
२०७७ माघ २५, आईतवार

काठमाडौं । आईपीओ निष्काशनको तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७३.३६ प्रतिशत अर्थात ५८ करोड १६ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ७९ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट १२ करोड १७ लाख रुपैयाँ, बीमालेख धितोमा लगानी २० करोड ११ लाख कर्जा लगानी गरी ५६ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ। इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै खुद नाफा पनि बढेको छ। इन्स्योरेन्सको खुद नाफा ९८ लाख ४२ हजार रुपैयाँले बढेर ११ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Advertisement
Advertisement

चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीले ७५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको तयारी थालेको छ। कम्पनीले आईपीओ निष्काशनको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले आईपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ। यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख रूपैयाँ, जगेडा कोषमा ७२ करोड ८० लाख रूपैयाँ र महा विपत्ती कोषमा ६ करोड ८४ लाख रूपैयाँ सञ्चित छ ।

Advertisement
Advertisement

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी(आईआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ। त्यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउछ। हालसम्म कम्पनीले ३७ हजार ७०५ बीमालेख जारी गरी यस अवधिमा एक अर्ब ४० करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

सम्बन्धित समाचार