काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बीमितलाई प्राण घातक रोग बिरुद्ध १० लाख दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक ठूली धादिङ स्थायी घर भई हाल ललितपूर बसोबास गर्दै आएकी सरिना लामालाई सो रकम हस्तान्तरण गरेको हो । लामाले २०७४ मा सिटिजन लाइफ जमल शाखामा प्राण घातक रोग सहित जीवन बीमा गराएकी थिइन् । हाल उनलाई मृगौलाको समस्या भएको छ । सोही अनुरुप कम्पनीले उक्त रकम प्रदान गरेको हो । सिटिजन लाइफको मूख्य कार्यालय टेकुमा दावी भुक्तानी विभागका प्रगेश बस्नेतद्धारा चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जमल शाखा प्रमुख प्रकाश कुमार श्रेष्ठ लगायत अन्य एजेन्सी मेनेजरहरु साथै बीमित लामाको श्रीमान पूर्ण तामाङको उपस्थिति थियो ।