free website hit counter

सिटिजन लाइफले गर्यो घातक रोग बापतको दावी भुक्तानी

beemaadmin
२०८१ भाद्र ८, शनिबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जमल शाखाले घातक रोग बापतको ५ लाख रुपैया दावी भुक्तानी गरेको छ । ४ बर्षअघि सिटिजन लाइफ जमल शाखामा ५ लाखको जीवन बीमा गरेका कृष्ण बहादुर तामाङ्गले हाल प्राण घातक रोग बापतको ५ लाख रुपैयाँ दावी भुक्तानी प्राप्त गरेका छन् । कागजात बुझाएको हप्ता दिनमा उनले दावी भुक्तानी पाएका थिए । उनले आजसम्म बार्षिक २९ हजार ५ किस्ता मात्र बुझाएका छन् । उनले बीमा भनेको समस्या पर्दा दुःखकोको साथी रहेको बताए । बीमा कम्पनी भनेको आर्थिक सुरक्षा दिने उदेश्यले स्थापित कानुनी संस्था हो, कागजपत्र सहि छ भने बीमाले समयमा नै दावी भुक्तानी दिन्छ । शाखा प्रबन्धक प्रकाश कुमार श्रेष्ठले भने । उक्त कार्यक्रममा शाखा प्रबन्धक लगायत एजेन्सी म्योनेजरहरु, बीमितको परिवार र शाखाका कर्मचारीहरुको उपस्थिती थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार