free website hit counter

सिटिजन लाइफले मार्यो छलाङ, बीमा शुल्क आर्जन ८२ प्रतिशतले बढ्यो

beemaadmin
२०७७ मंसिर ३, बुधबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा व्यवसायमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिमा ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८२ दशमलव ४९ प्रतिशतले बढी हो । १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३७ करोड ५० लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ८२ लाख रुपैयाँ रहेको छ । महा विपत्ती कोषमा ४ करोड ७० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२ प्रतिशतले धेरै हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ११करोड ४५ लाख ८० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीले ६२ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढी हो ।

सम्बन्धित समाचार