free website hit counter

सिटी एक्सप्रेस र खल्तीबीच रेमिटान्स सम्झौता

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौं । रेमिट्यान्सको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेको सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्ती एपमा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७,५०० भन्दा बढि एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै खल्ती डिजिटल वालेटका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् । साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुविधा पनि सिघ्र सुचारु हुने भएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार