free website hit counter

सिटी होटलले आईपीओ जारी गर्ने

beemaadmin
२०७९ चैत्र ७, मंगलवार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले होटललाई चैत ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । होटलले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १६ लाख ७४ हजार हजार कित्ता शेयर अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ । हाल होटलको चुक्ता पूँजी १ अर्ब ५० करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । सर्वसाधारणलाई १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ पुग्नेछ । होटलले काठमाडौं तहाचलमा ह्यात प्लेस ब्राडबाट ५ तारे होल सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार