free website hit counter

सिद्धार्थ इन्स्योरेन्सले नाफा र बीमा शुल्क दुबै सुधार्यो

beemaadmin
२०७६ मंसिर २, सोमबार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमास रिपोर्टमा ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ। यो गत आर्थिक वर्षको यहि अवधिमा ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । इन्स्योरेन्सले यस अवधिमा २७ करोड ६८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४ करोड २८ लाख रुपैयाँले बढी हो। गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १० करोड ५४ लाख, लगानी कर्जा तथा अन्य आयबाट २ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १७ करोड २० लाख रुपैयाँ, बीमा कोषमा ६८ करोड ८५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ५ लाख रुपैयाँ सञ्चित छ। हालसम्म ३८ हजार ५७७ वटा बीमालेख जारी गरी ५६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको ६ हजार ६५० वटा बीमालेख नवीकरण भएका छन्।
कम्पनीले कूल १ हजार ६९० दाबी वापत २६ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार १९२ दाबी वापत परेको ७० करोड २८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार