free website hit counter

सिद्धार्थ ईन्स्योरेन्सले शुरु गर्यो घुम्ती बीमा सेवा

beemaadmin
२०७६ पुष १५, मंगलवार

काठमाडौं । नियामक निकाय बीमा संस्थानले घुम्ती बीमाको अवधारणा ल्याएपछि बीमा कम्पनीहरु घुम्ती बीमातर्फ आकर्षित भएका छन् । यसै क्रममा सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँ पालिकाबाट घुम्ती बीमा सेवा सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा एक औपचारिका कार्यक्रमको आयोजना गरी घुम्ती बीमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बिमाको माध्यामबाट सहज रुपमा बीमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्याधिक लाभको लागि आग्रह गर्दै स्थानीय निकायसँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुने हुँदा यस तर्फ ध्यान दिन आग्रह गरेका थिए ।

गाउँपालिका पदाधिकारी, अगुवा कृषक तथा स्थानिय जनताको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा गाउँपालिका उपाध्यक्ष लालसुव्वा गुरुङ्ग तथा नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले शुभकामना मन्तव्य दिएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्देश्य, महत्व र यसबाट हुने फाईदाहरुको सम्वन्धमा प्रकाश पार्दै घुम्ती सेवामार्फत घर दैलोबाटै बीमा सेवा लिन आग्रह गरेका थिए । समारोह स्थलबाटै केही बीामा लेख समेत बिक्री भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार