free website hit counter

सिद्धार्थ प्रिमियरको ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

beemaadmin
२०८१ बैशाख १७, सोमबार

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । यो शेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन पाउनेछन् । न्यूनतम मूल्य प्रतिकित्ता १७० रुपियाँ तोकिएको कम्पनीको शेयरमा खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम दुई हजार कित्ता र अधिकतम सबै कित्ता खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन जेठ ३ गतेसम्म दिन सकिनेछ । आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, थापाथली, काठमाडौंमा दिनुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइने बताइएको छ ।

सम्बन्धित समाचार