free website hit counter

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा डिजिटल बीमाको शुभारम्भ

beemaadmin
२०८० भाद्र ९, शनिबार

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छ्यौट गर्न SPIL-DIGI प्रणाली प्रचलनमा ल्याएकोछ । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमाजगतमा पहिलो पटक प्रचलनमा ल्याएको SPIL-DIGI को प्रयोगले बीमितहरुले सहज रूपमा अनलाइनवाटै वीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकम सम्मको वीमा दावी फर्छ्यौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा संयुक्त रूपमा एक समारोहकाबीच SPIL-DIGI प्रणालीको शुभारम्भ गरियो । शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सर्हना गर्दै यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न शुभकामना दिए । कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतीय माध्यमवाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियाशील रहेको बताउनु भयो भने प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रूपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने हाम्रो लक्ष्य अनुरूप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउने तर्फ थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । SPIL-DIGI डिजिटल प्रणाली भएको हुँदा अनलाइन भुक्तानीमार्फत कम्पनीमा बीमा शुल्क भुक्तानी गरी भौतिक रूपमा उपस्थिति विना बीमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको वीमा दावी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दाबीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्नेछन् । यसबाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार