काठमाडौं । अग्रणी निर्जिवन बीमक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्ममा १७ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। जेनजी आन्दोलन र असोजमा भएको बाढी पहिरोको कारण ठूलो मात्रामा दाबी परेपछि कम्पनीको नाफामा दबाब परेको हो। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले २२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको पुससम्म कम्पनीको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ११ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ११ करोड ९९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९९ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ११ अर्ब ५२ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १०४.३९ प्रतिशतले बढेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले १ अर्ब ५४ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १.७६ प्रतिशतले बढेको छ। कम्पनीले समीक्षा अवधिसम्म ७४ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ८० करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ७.१२ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा शेयरपुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ईपीएस १२.७२ रुपैयाँले ऋणात्मक भएको छ। अघिल्लो वर्ष ईपीएस १६.०३ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २४१.३४ रुपैयाँ रहेको छ।