free website hit counter

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

beemaadmin
२०८३ भाद्र १८, बिहीबार

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।

कम्पनीकी सञ्चालक हसना शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।

सिद्धार्थ प्रिमियरले यसअघि पनि विभिन्न विपद् तथा राष्ट्रिय महत्वका घटनामा आर्थिक सहयोग गर्दै आएको जनाएको छ। २०८१ सालमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि कम्पनीले ५१ लाख रुपैयाँ सहयोग गरेको थियो।

त्यस्तै, जेन्जी आन्दोलनका क्रममा क्षति भएका राष्ट्रिय सम्पदाको पुनर्निर्माणका लागि कम्पनीले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ।

कम्पनीले विभिन्न विपद् तथा घटनाबाट क्षतिग्रस्त सम्पत्तिसम्बन्धी बीमा दाबीसमेत समयमै फर्छ्योट गर्दै आएको दाबी गरेको छ। दाबी प्रक्रिया छिटो टुंग्याएर बीमितलाई समयमै भुक्तानी उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ।

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोगलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार