काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले बैंकको चुक्ता पूँजी रु. ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८को १२ प्रतिशत बराबरको रु. एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैयाँको बोनस सेयर तथा ३ प्रतिशत बराबरको रु. २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको हो ।
साथै, बैंकको १९औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट मनोज कुमार केडिया, नरेन्द्र कुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्फबाट दिनेश शंकर पालिखे र अंकित केडिया निर्विरोध निर्वाचित भएका छन् ।