free website hit counter

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

beemaadmin
२०८२ आश्विन २२, बुधबार

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१–८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस शेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार