free website hit counter

सिस्टम ह्याक गरी ४ करोड ८८ लाख निकाल्ने पक्राउ

beemaadmin
२०७७ असार २२, सोमबार

काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्। बैंकको सूचना प्रणालीमा अनधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रहेको आरोपमा फरार रहेका एक जनालाई प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको रुविभ्यालिका सौजन तामाङ रहेको र उनलाई जावलाखेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । २०७६ असोज ७ गते कृषि विकास बैंकको न्युरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा रहेको ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी भएको थियो। श्रवण कुमार श्रेष्ठको खातामा २० लाख रुपैयाँ रकमान्तर गर्न चेक पेश गरेको अवस्थामा उनीहरुमाथि शंका गरिएको थियो। बैंकको वित्तीय प्रणालीमा पहुँच राखी ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो। गत असोज ७ गते श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जारलाई पक्राउ गरेको थियो । उनलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पठाइएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार