free website hit counter

सीईओ ज्ञवालीलाई पनि कोरोना

beemaadmin
२०७७ आश्विन १६, शुक्रबार

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । काममा लागिरहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड १९ रिपोर्ट पोजिटिभ देखिएको बिहीबार सीईओ ज्ञवालीले ट्वीटमार्फत जानकारी गराएका हुन् ।

पुनर्निर्माणको काममा सक्रिय रुपमा लागिरहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड १९ रिपोर्ट पोजेटिभ देखिएको छ । तसर्थ म होम आइसोलेनमा छु । र, स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछु । ज्ञवाली र परिवारका सदस्यहरुको वीर अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । त्यसक्रममा सोमबार रिपोर्ट आउँदा सीईओ ज्ञवालीमा कोरोना पुष्टि भएको हो । परिवारका सदस्यहरुको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । सोमबार नै कोरोना संक्रमित भएका ज्ञवालीले ३ दिनपछि त्यसबारे सार्वजनिक जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार