free website hit counter

सीमा मिचिँदा संस्कृतिकर्मीहरु आक्रोशित

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौं । नेपाल सांस्कृतिक संघ र नेपाल नेपाली लेखक संघले संयुक्त रुपमा एक विज्ञप्ति प्रकाशित गरी हालै मात्र भारत सरकारले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतले नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई बलमिच्याई गरेर आफ्नो नक्सामा पारेकोमा घोर आपत्ति प्रकट गर्दै सार्वभौम राष्ट्रको सीमामाथि गरिएको अतिक्रमण कुनै पनि हालतमा सैह्य नहुने जनाइएको छ । छिमेकीको यस्तो विस्तारवादी नीतिको कडा शब्दमा विरोध पनि गर्दै सीमा विवादलाई सुल्झाई अतिक्रमण परेको नेपाली भूमि तत्काल फिर्ता गराउन र नेपाली भूमिबाट भारतीय सैनिक तत्काल हटाउन सरकारसँग जोडदार रुपमा माग गरिएको छ । नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ र नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाद्वारा जारी विज्ञप्तिमा द्विपक्षीय संवादबाट सीमा समस्याको समाधान ननिस्किए उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न पनि माग गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार