free website hit counter

सुदिप इन्टरनेशनल २५औं वर्षमा प्रवेश

beemaadmin
२०७६ मंसिर २४, मंगलवार

काठमाडौं । नेपाली स्वास्थ्य बजारमा गुणस्तरीय स्वास्थ्य उपकरण आपूर्तिकर्ताको नामले सुदिप इन्टरनेशनले पहिचान बनाउन सफल हुँदै आएको छ । कम्पनीले सन १९९४ बाट विश्वस्तरिय प्रयोगशाला उपकरण, सामाग्री तथा रसायन उपल्वध गराउँदै आएको छ । सन २००० देखि जर्मनीको बहुराष्ट्रिय स्वास्थ्य उपकरण उत्पादक हयुमनका उत्पादन नेपालमा समेत उपल्वध गराउन सफल हुँदै आएको छ ।

सुदिप हयुमन ब्रान्ड का लागि नेपालको आधिकारिक बिक्रेता हो । यही कम्पनीले आफ्नो २४ वर्षे लामो यात्रा पूरा गरी २५ औँ वर्षमा प्रवेश गर्न सफल भएको छ । उक्त रजत जयन्ती महोत्सवमा सुदिप इन्टरनेशनलका प्रबन्ध निर्देशक भक्त हमालले नेपालका सबै अस्पताल र निजी ल्याबमा अन्तराष्ट्रिस्तरको स्वास्थ्य सामाग्री तथा उपकरण उपल्वध गराउन पाएकोमा खुसी व्यक्त गर्दे आगामी दिनमा विश्वमा उपल्वध नवीन स्वास्थ्य प्रविधि नेपाल भित्रयाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

उनका अनुसार स्यानो लगानीबाट सुरु भएको यो कम्पनीको सेवा उपल्वध पछि नेपालमै छाला देखि क्यान्सर रोग सम्म पत्ता लगाउन सहज वातावरण बनेको छ । भने चिकित्सकलाई रोग उपचारमा सघाउन सहयोग पुगेको छ । यस प्रयासबाट जनताले कम खर्चमा उच्च स्तरीय सेवा उपभोग गर्न पाएका छन् । कार्यक्रममा उपस्थित चिकित्सकले ल्याब प्रविधिको विकासले उपचार पद्धति सहज हुँदै यस क्षेत्रमा बायो मेडिकल इन्जिनियरहरूको समेत माग वडदै गएको बताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार